शनिबार, वैशाख २१ गते २०८२

वीरगञ्जमा समाचार सङकलन गर्ने क्रममा तीन पत्रकार घाइते

वीरगञ्जमा समाचार सङकलन गर्ने क्रममा तीन पत्रकार घाइते

अखबार दैनिक
बुधबार, वैशाख ४ २०८२
  • वीरगञ्जमा समाचार सङकलन गर्ने क्रममा तीन पत्रकार घाइते

    काठमाडौं । पर्सा प्रहरी कार्यलय नजिकमा भएको प्रदर्शनको समाचार सङकलन गर्ने क्रममा तीन जना पत्रकार घाइते भएका छन । हिन्दुवादीहरुले गरेको प्रदर्शनको समाचार सङकलन गरिरहेका पत्रकार एभी न्युज टिभीका अर्जुन गुप्ता, मध्य नेपाल सन्देशका अनिल ओेझा र चन्द्रसूर्य वाणीका धिरेन्द्र तिवारी घाइते भएका हुन् । 

    images

    गुप्ताको टाउको फुटेको छ भने ओझा र तिवारीको खुट्टामा गम्भीर चोट लागेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि धर्नामा बसेका हिन्दुवादीहरूलाई हटाउने क्रममा प्रहरीले लाठीचार्ज गर्दा पत्रकारहरु  घाइते भएका छन् । घाइते तीन जना पत्रकारको नारायणी अस्पतालमा उपचार भइरहेको छ । 

    प्रहरीले धार्मिक सद्भाव बिगार्ने कार्यमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको थियोे । उनीहरूको बिना शर्त रिहाइको माग गर्दै प्रदर्शन भएपछी  प्रहरीले हटाउने क्रममा लाठीचार्ज गरेको जनाएको छ ।

    यता नेपाल पत्रकार महासंघ पर्साले समाचार सङकलन गर्ने क्रममा आक्रमण गरी पत्रकारहरुलाई घाइते बनाउने दोषीहरुलाई कारवाहीको माग गरेको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ