सोमबार, असार ३ गते २०८२

बोरा र प्लास्टिकका झोलामा सामान लिएर फर्किए अमेरिकाले डिपोर्ट गरेका नेपालीहरू

बोरा र प्लास्टिकका झोलामा सामान लिएर फर्किए अमेरिकाले डिपोर्ट गरेका नेपालीहरू

अखबार दैनिक
सोमबार, जेठ २८ २०८२
  • बोरा र प्लास्टिकका झोलामा सामान लिएर फर्किए अमेरिकाले डिपोर्ट गरेका नेपालीहरू

    अमेरिकाले डिपोर्ट गरेका ३७ नेपालीहरू आइतबार राति काठमाडौं आइपुगेका छन्। अमेरिकाले चार्टर्ड विमानमार्फत गएराति ९ बजेतिर नेपालीहरूलाई त्रिभुवन विमानस्थलमा ल्याएर छाडिदिएको हो। त्यसरी डिपोर्ट हुनेहरुमा ३२ जना पुरूष र पाँच जना महिला छन्।

    images

    डिपोर्ट भएकाहरूमध्ये केहीले आफ्नो सामान बोरामा हालेर ल्याएका थिए।  केही प्लास्टिकका झोलामा आफ्नो सामान लिएर विमानस्थलबाट बाहिरिएका थिए। नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोली आइतबार नै त्रिभुवन विमानस्थल पुगेको थियो।

    विमानस्थलमै उनीहरूलाई सोधपुछ गरी सम्पर्कमा रहने गरी छाडिएको ब्युरोका प्रवक्ता एसपी प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले बताए। डिपोर्ट भएकाहरु दलालमार्फत अमेरिका पुगेको हुन सक्छन्। पीडितहरूले उजुरी दिएको खण्डमा प्रहरीले अनुसन्धान गर्न सक्छ।

    यद्यपि डिपोर्ट भएकाहरुले आइतबार नै त्यस विषयमा नबोलेको एसपी कुँवर बताउँछन्। 'पीडित हुनुहुन्छ भने उजुरी दिनका लागि उहाँहरूसँग समय छ। पछि पनि दिन सक्नुहुन्छ,' उनले भने। अमेरिकाको अध्यागमन कानुन उल्लंघन गरेका कारण त्यहाँको सरकारले उनीहरूलाई डिपोर्ट गरेको हो।
    अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएपछि आप्रवासी नीतिमा कडाइ गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ