काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज बजार २२.५८ अंकले घटेर २५०५.५८ को विन्दु झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ ।
बजार घटेसंगै बुधबार कारोबार रकम पनि घटेको छ । मंगलबार ३ अर्ब २६ करोडको कारोबार भएको बजारमा बुधबार ३ अर्ब १० करोडको कारोबार भएको छ ।
त्यसैगरी आज ४० कम्पनीको सेयर मुल्य बढेको छ भने २०६ कम्पनीको सेयर मुल्य भने घटेको छ । बाकी ५ कम्पनीको सेयर मुल्यमा भने कुनै परिर्वतन आउको छैन् ।