शुक्रबार, साउन २२ गते २०८३

लकडाउनकाे असर: गत वर्ष १४ प्रतिशतले घट्यो बैदेशिक व्यापार,आयात १५ प्रतिशतले घट्दा निर्यात बढेन

लकडाउनकाे असर: गत वर्ष १४ प्रतिशतले घट्यो बैदेशिक व्यापार,आयात १५ प्रतिशतले घट्दा निर्यात बढेन

अखबार दैनिक
आइतबार, साउन ११ २०७७
  • लकडाउनकाे असर: गत वर्ष १४ प्रतिशतले घट्यो बैदेशिक व्यापार,आयात १५ प्रतिशतले घट्दा निर्यात बढेन

    गत आर्थिक वर्षको अन्त्यसम्ममा नेपालले कुल १२ खर्ब ९२ अर्ब रुपैयाँ बराबरको बैदेशिक व्यापार गरेको छ। अघिल्लो आर्थिक वर्ष १५ खर्ब १५ अर्ब रुपैयाँको बैदेशिक ब्यापार गरेकोमा गत वर्ष व्यापार १४.६९ प्रतिशतले घटेको छ। गत वर्ष आयात र निर्यात दुबै घट्दा बैदेशिक व्यापार घटेको हो।

    गत आर्थिक वर्षमा आयातमा केहि कमी आएको छ। गत आर्थिक वर्षको सुरुदेखि नै घटेकोे आयात कोरोना भाइरससँगै भएको लकडाउनले झनै घटाइदिएको छ। गत आर्थिक वर्षमा कुल आयात १५.६३ प्रतिशतले घटेर ११ खर्ब ९६ अर्ब ७९ करोड रुपैयाँमा झरेको छ।अघिल्लो आर्थिक वर्षमा कुल १४ खर्ब १८ अर्बको वस्तु तथा सेवा आयात भएको थियो।

    त्यसैगरी निर्यात पनि थोरै घटेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ। आर्थिक वर्ष २०७५।७६ मा कुल ९७ अर्ब १० करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात भएकोमा गत वर्ष ९६ अर्ब १५ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ। यो अघिल्लो वर्षको तुलनामा ०.९८ प्रतिशतले कम हो।

    लकडाउन अघिसम्म निर्यात केही बढ्दै आएको भए पनि लकडाउन पश्चात निर्यात बढ्न सकेको छैन। नेपालले सबैभन्दा धेरै निर्यात गर्ने पाम आयलको निर्यात पनि अहिले ठप्प छ। जसले गर्दा निर्यातमा कमी आएको हो।

    • ११ खर्ब बढीको व्यापार घाटा

    गत आर्थिक वर्षमा नेपालले ११ खर्ब रुपैयाँ बराबरको बैदेशिक ब्यापार घाटा बेहाेरेकाे छ। आर्थिक वर्ष २०७५।७६ मा १३ अर्ब २१ अर्ब रुपैयाँको बैदेशिक ब्यापार घाटा बेहाेरेकोमा गत वर्ष ब्यापार घाटा १६.७१ प्रतिशतले घटेको हो। गत आर्थिक वर्षमा कुल आयातमा कमी आउदा बैदेशिक व्यापार पनि घट्दै गएको हो।

    आर्थिक वर्षको अन्त्यसम्ममा कुल बैदेशिक व्यापारमा ९२.५६ प्रतिशत आयातको हिस्सा छ भने ७.४४ प्रतिशत आयातको हिस्सा छ। अघिल्लो आर्थिक वर्षसम्ममा निर्यात ९३.५९ प्रतिशत र आयातको ६.४१ प्रतिशत हिस्सा रहेकोमा गत आर्थिक वर्षमा आयात घट्दा निर्यातको हिस्सा बढेको हो।

    • डिजेल सबैभन्दा धेरै आयात, पाल्म तेलको निर्यातमा धेरै हिस्सा

    गत आर्थिक वर्षमा डिजेल सबैभन्दा धेरै ८७ अर्ब ३७ करोड रुपैयाँ बराबरको आयात भएको छ भने पेट्रोल २८ अर्ब ३६ करोड र ग्याँस २७ अर्ब ९४ करोड रुपैयाँ बराबरको आयात भएको छ।

    त्यसैगरी निर्यातमा सबैभन्दा ठुलो हिस्सा पाम आयलको रहेको छ । गत वर्ष १८ अर्ब ३१ करोड रुपैयाँको पाम आयल निर्यात भएको छ भने १२ अर्ब ३१ करोडको सोयाविन तेल निर्यात भएको छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार