अमेरिकाको न्युयोर्कमा आयोजित एक कार्यक्रममा राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई ‘ग्लोबल हिरो अवार्ड’ प्रदान गरिएको छ।
‘ग्लोबल हिरो अवार्ड’ प्राप्त गरेपछि शाहीले खुसी व्यक्त गरेका छन्। ‘ग्लोबल हिरो अवार्ड कर्णाली र जुम्ली जनताको भरोसाका साथै सम्पूर्ण देश विदेशमा रहेका नेपालीहरूको विश्वासको श्रेष्ठता हो। यो अवार्डको श्रेय उहाँहरूप्रति समर्पित गर्दछु,’ शाहीले भने।