बुधबार, असोज ३० गते २०८२

प्रधानमन्त्री केपी ओलीको निजी निवास बालकोटमा गोली चल्यो

प्रधानमन्त्री केपी ओलीको निजी निवास बालकोटमा गोली चल्यो

अखबार दैनिक
मंगलबार, भदौ २५ २०८२
  • प्रधानमन्त्री केपी ओलीको निजी निवास बालकोटमा गोली चल्यो

    प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालकोटमा प्रदर्शनकारीले तोडफोड गरेपछि प्रहरीले गोली चलाएको छ । ओलीको निवास प्रदर्शकारीले कब्जा गर्ने प्रयास गरेपछि सुराक्षकर्मीले गोली चलाएका हुन् ।

    सोमबर जेन जीहरुले गरेको प्रदर्शनमा सकारले बल प्रयोग गरी १९ युवाका हत्या गरेपछि आक्रोसित बनेका नागरिकहरुले पार्टी कार्यालय र नेताका निवासहरुलाई लक्षित गर्दै आक्रमण गरीरहेका छन् । सोही क्रममा बालकोटस्थित ओली निवास कब्जा गर्न पुगेको प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको हो ।

    गोली लागेर दुई जना घाइते भएको जनाइएको छ । यसअघि प्रदर्शनकारीले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निवासमा तोडफोड गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ