रास्वपा सांसद डा.तोसिमा कार्कीले संसद विघटन हुनैपर्ने बताएकी छन् । उनले आज फेसबुक स्टाटस लेख्दै यस्तो बताएकी हुन् ।
तोसिमाले सामाजिक संजालमा राखेको स्टाटस यस्तो छ:
-अर्को कुरा २ वर्षसम्मको संसदिय अभ्यासले सिकाएको कुरा: अहिलेको बर्तमान संविधानले स्थिर सरकार दिन सक्दैन र जनमतको धज्जी उडाउने गरी सरकारमा गठबन्धनका खेलहरु मात्र खेलिनछन् त्यसैले पार्टीले बहुमत ल्याउन सक्ने वातावरण बनाउँदै प्रतक्ष निर्वाचित कार्यकारी प्रम ल्याउने र प्रदेश सरकार खारेज गर्ने हिम्मत अब राख्नुपर्छ । लोकतन्त्रलाई थप उन्नत बनाउन पनि अरु थुप्रै संसोधनहरु आवश्यक छ !! त्यसलाई नेपालको परिमार्जित नयाँ संविधानको रुपमा अघि लैजान सकिन्छ ।
त्यसैले पनि अब ढिला नगरी यो संसद विघटन गरिनुपर्छ। त्यसपछि अन्तरिम सरकारले परिमार्जित नयाँ नेपालको संविधान अनुसार चुनाव गराएर जनताको थिर सरकार बनाउन तिर अग्रसर हुनुपर्छ।