बुधबार, असोज ३० गते २०८२

प्रधान सेनापति पुगे शितलनिवास,अन्तरिम सरकारबारे छलफल

प्रधान सेनापति पुगे शितलनिवास,अन्तरिम सरकारबारे छलफल

अखबार दैनिक
शुक्रबार, भदौ २८ २०८२
  • प्रधान सेनापति पुगे शितलनिवास,अन्तरिम सरकारबारे छलफल

    काठमाडौं । शुक्रबार बिहान ९ बजे काठमाडौंस्थित राष्ट्रपति भवन शितलनिवासमा हुने भनिएको उच्चस्तरीय राजनीतिक बैठक दिउँसो २ बजे बस्दैछ । विगत केही दिनदेखि संघर्षरत जेनजी समूहसहितको सहभागितामा बन्न लागेको सरकारका बारे छलफल गर्न प्रधान सेनापति प्रमुख अशोकराज सिग्देल सितल निवास प्रवेश गरेका छन् । बैठकमा सिग्देलसहित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र विभिन्न राजनीतिक दलका वरिष्ठ नेताहरू सहभागि हुने जनाइएको छ ।

    राष्ट्रपति रामचन्द्र पौडेल पनि बैठकमा सहभागी हुने सम्भावना छ। प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि देशमा देखिएको राजनीतिक अनिश्चितता र जेनजस् नेतृत्वमा जारी विरोध प्रदर्शनको बीचमा यो भेला हुन लागेको भारतीय समाचार एजेन्सी एएनआइले जनाएको छ । 

    बैठकको प्रमुख एजेन्डाहरूमा अन्तरिम सरकार गठन र अन्तरिम प्रधानमन्त्रीको रूपमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको सम्भावित नियुक्तिको बारेमा छलफल हुने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ