बुधबार, असोज ३० गते २०८२

गुप्तचर प्रमुख हुतराज थापा भोलिदेखि अवकाशमा जाँदै

गुप्तचर प्रमुख हुतराज थापा भोलिदेखि अवकाशमा जाँदै

अखबार दैनिक
शुक्रबार, भदौ २८ २०८२
  • गुप्तचर प्रमुख हुतराज थापा भोलिदेखि अवकाशमा जाँदै

    काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख (मुख्य अनुसन्धान निर्देशक) हुतराज थापा भोलिदेखि अवकाशमा जाँदै छन् । गुप्तचर प्रमुखको ३ वर्षे पदावधि पुरा गरेर उनी भदौ २८ बाट अनिवार्य अवकाशमा जान लागेका हुन् । थापा २०७९ भदौ २८ मा गुप्तचर प्रमुखमा नियुक्त भएका थिए ।

    २०५३ मा अनुसन्धान अधिकृत बाट सेवा प्रवेश गरेका थापाकै ब्याचमेटहरु नयाँ गुप्तचर प्रमुख हुने लाइनमा छन् । तर, जेनजी प्रदर्शनको कारण सत्ता परिवर्तन भएसँगै गुप्तचर प्रमुखको नियुक्ति अन्योलमा परेको छ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउनेबारे सहमति नजिक पुगेको भनिए पनि निर्णय भैसकेको छैन । गुप्तचर प्रमुखको नियुक्ति मन्त्रिपरिषद्ले गर्ने कानुनी व्यवस्था छ ।

    थापा आफ्ना ब्याचमेट ओम प्रकाश जोशीलाई पछाडि पारेर विभागको प्रमुख बनेका थिए । तिनै जोशी ३ वर्षपछि प्रमुख हुने प्रतिस्पर्धामा छन् । मुख्य अनुसन्धान निर्देशक जोशी अहिले प्रशासन विभागको प्रमुख छन् । उनी थापाको अवकाशपछि मुख्य अनुसन्धान निर्देशक हुने दौडमा लागेका छन् ।

    अर्का अतिरिक्त मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की पनि राअवि प्रमुखको दाबेदार हुन् । उनीहरू दुवै जना हुतराज थापासँगै राष्ट्रिय अनुसन्धान विभागमा प्रवेश गरेका थिए । कार्कीले अहिले प्रदेश समन्वय विभाग र इन्टेलिजेन्सको नेतृत्व गरिरहेका छन् ।

    मुलुकभर राष्ट्रिय अनुसन्धान विभागको संरचना छ । सिंहदरबार परिसरमा विभागको मुख्यालय छ । विभागका २ हजार २६५ जना कर्मचारी र एजेन्टहरूलाई सूचना सङ्कलन गर्ने जिम्मेवारी दिइएको हुन्छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ