अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले तीन मन्त्री नियुक्त गरे लगत्तै मन्त्रिपरिषद्को पहिलो बैठक आज बोलाएकी छिन्।दिउँसो ४ बजे सिंहदरबारमा बैठक बस्ने तय भएको हो। त्यसअघि मन्त्री र सम्बन्धित मन्त्रालयका सचिवहरुले बैठकका एजेन्डामा गृहकार्य गर्ने छन्।
आजै शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरू रामेश्वर खनाल, ओमप्रकाश अर्याल र कुलमान घिसिङलाई शपथ गराएका थिए।