काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता सम्बन्धी विधेयकलाई प्रमाणीकरण गरेका छन् । सङ्घीय सांसदबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको नागरिकता सम्बन्धी विधेयकलाई संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेका हुन् ।