बुधबार, असोज ३० गते २०८२

अन्तरिम सरकारको सिफारिसमा पहिलो अध्यादेश जारी

अन्तरिम सरकारको सिफारिसमा पहिलो अध्यादेश जारी

अखबार दैनिक
बुधबार, असोज ९ २०८२
  • अन्तरिम सरकारको सिफारिसमा पहिलो अध्यादेश जारी

    काठमाडौँ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो अध्यादेश जारी गरेका छन् । राष्ट्रपतिले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका हुन् । संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  

    यससँगै आयोगलाई फागुन २१ गतेको निर्वाचन प्रक्रिया अघि बढाउन बाटो खुलेको छ ।  अहिले संसद नभएकाले अन्तरिम सरकारले अध्यादेशकै आधारमा कामकारबाही अघि बढाउनुपर्ने बाध्यता छ । सोहीअनुसार अन्तरिम सरकारले पहिलो अध्यादेश ल्याएको हो । 

    6-8_अध्यादेश-जारी_विज्ञप्ति_ScXKtP9Dh7.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ