बुधबार, असोज ३० गते २०८२

केन्द्रीय कार्यालय भवन ३ महिनाभित्र खाली गर्न रास्वपालाई घरबेटीको आग्रह

केन्द्रीय कार्यालय भवन ३ महिनाभित्र खाली गर्न रास्वपालाई घरबेटीको आग्रह

अखबार दैनिक
शुक्रबार, असोज ११ २०८२
  • केन्द्रीय कार्यालय भवन ३ महिनाभित्र खाली गर्न रास्वपालाई घरबेटीको आग्रह

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय राख्न घर भाडामा दिएका घरधनी भरतमणि देवकोटाले भवन ३ महिनाभित्र घर खाली गरिदिन आग्रह गरेका छन् ।

    अमेरिकामा रहेका देवकोटाले १० महिनाको भाडावापतको रकम नपाएको र सुरक्षाको कारणले घर छोड्न रास्वपालाई जानकारी गराएको बताएका छन्  ।

    उनले भने ‘ पार्टीलाई सापट दिएको रकम पनि पाएको छैन । सापट दिएको ठूलै रकम छ । के कति अहिले नभनौं ।’ देवकोटाका अनुसार मासिक तीन लाख पचास हजार रुपैयाँमा घरभाडामा सहमति बनेको थियो ।

    रास्वपाको अनुशासन आयोगका प्रमुख रहेका देवकोटा अमेरिका गएपछि उनको स्थानमा अर्को व्यक्तिलाई कार्यवाहक तोकिएको थियो । पार्टीमा आफ्नो संलग्नता र घर भाडा फरक–फरक विषय भएको तर रास्वपाले त्यही अनुसारको व्यवहार नगरेको उनले दुखेसो गरे । ‘पार्टीमा म संलग्न हुने एउटा पाटो हो । घर भाडा अर्को विषय हो,’ देवकोटाले भने, ‘पार्टीले त्यसलाई बुझ्ने गाम्भिर्यता देखाएन ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ