नेकपा एमालेका महासचिव शंकर पोखरेलले कुनै एउटा पुस्ताले मात्र समाज चल्न नसक्ने बताएका छन् । भक्तपुरको गुन्डुमा आयोजित कार्यक्रममा उनले चार पुस्ताको संयोजनमा समाज चल्ने बताए ।
‘समाज चलाउने भनेको कुनै पुस्ताको लहडको विषय होइन । समाज चलाउने भनेको अनेक पुस्ताहरूको समायोजन हो । पूर्वीय सभ्यताले चार पुस्ता चाहिन्छ भन्छ,’ पोखरेलले भने ।पोखरेलले नेपालको परम्परा खल्बल्याउन पश्चिमाले पुस्ता विभाजन गरिदिएको बताए ।
‘जेनजी हाम्रो परिचय होइन, कसैले हामीलाई थोपरिदिएको परिचय हो भन्ने बुझ्नुपर्छ,’ उनले भने, ‘हाम्रो परम्परा खल्बल्याएर पुस्ता विभाजन गर्ने पश्चिमा रणनीति भन्ने बुझ्नुपर्छ ।’