बुधबार, असोज ३० गते २०८२

कार्की नेतृत्वको सरकार नेपालीको होइन : केपी ओली

कार्की नेतृत्वको सरकार नेपालीको होइन : केपी ओली

अखबार दैनिक
बिहीबार , असोज २४ २०८२
  • कार्की नेतृत्वको सरकार नेपालीको होइन : केपी ओली

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको वर्तमान सरकार नेपालीको सरकार नभएको दाबी गरेका छन् ।

    बिहीबार एमाले भक्तपुर जिल्ला कमिटीले बिहीबार गुण्डुमा आयोजना गरेको कार्यक्रममा बोल्दे ओलीले यस्तो बताएका हुन् । उनले भने, ‘यो नेपालीको सरकार होइन । ’ ओलीले गृहमन्त्रीलाई आफूले नचिनेको तर सम्हालिन सुझाव दिए । उनले राजनीतिलाई ख्यालठट्टा नठान्न चेतावनी समेत दिए ।

    ‘अहिलेका प्रधानमन्त्रीले प्रधानमन्त्री बन्नका लागि संसद् भंग गर्न सर्त राख्नुभयो । उनले प्रधानन्यायाधीश र न्यायाधीश भएको व्यक्ति प्रधानमन्त्री र मन्त्रीको कुर्सीमा बस्न मिल्दैन भन्ने संविधानमा रहेको भन्दै यो सरकारलाई चुनाव गराउने म्याण्डेट राष्ट्रपतिले तोकिदिएको तर सरकार चुनाव गराउनेतिर नलागेको बताए ।

    पूर्वप्रधानमन्त्री ओलीले जनेजी नामका बालबालिका अगाडि सारेर पेट्रोल फ्याँक्ने र आगो लगाउनेहरूलाई यो सरकारले कारबाही नगरे पनि क्षम्य हुन नसक्ने बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ