बुधबार, असोज ३० गते २०८२

राजनीतिक दलहरुले आफूलाई सुधार गर्न जरुरी छः प्रधानमन्त्री कार्की

राजनीतिक दलहरुले आफूलाई सुधार गर्न जरुरी छः प्रधानमन्त्री कार्की

अखबार दैनिक
शुक्रबार, असोज २५ २०८२
  • राजनीतिक दलहरुले आफूलाई सुधार गर्न जरुरी छः प्रधानमन्त्री कार्की

    काठमाडाैं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले युवा पुस्ताले गरेको क्रान्तिलाई सबैले स्वीकार गर्नुपर्ने बताउनुभएको छ ।

    जेन-जी आन्दोलनको एक महिना पुगेको स्मरणमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले युवाहरुले गरेको राजनीतिक क्रान्तिको भावनालाई सबैले आत्मसाथ गर्नुपर्ने बताउनुभयो । क्रान्ति पछाडिको कारणलाई समेत गम्भीरताका साथ लिनुपर्ने बताउनुभयो ।

    युवाहरुको बलिदानपछि राजनीतिक र आर्थिक सुधार, देशमा विधि र न्यायको शासनको अपेक्षा, देशमा भ्रष्टाचार र बेथितिको अन्त्य भएको हेर्ने चाहना रहेको बताउनुभयो । एकातिर युवामा निराशा व्याप्त रहेको र अर्कोतिर देशप्रति उत्कट प्रेम रहेको बताउँदै उनीहरुको भावनालाई आफूले सम्मान गर्ने बताउनुभयो ।

    विगतका सरकारहरुले युवाहरुका आवाज सुन्न र उनीहरुको माग सम्बोधन गर्न नसकेको आरोप लगाउँदै यसका लागि सबैले आफ्नो कमजोरी र गल्तीलाई विनम्रतापूर्वक स्वीकार गर्नुपर्ने बताउनुभयो । युवा पुस्ताले चाहेको परिवर्तनप्रति प्रतिवद्ध रहेको बताउँदै नयाँ मार्गमा अघि बढिरहेको जिकिर गर्नुभयो ।

    उहाँले भन्नुभयो, ‘युवाहरुले गरेको यस राजनीतिक क्रान्तिको भावनालाई आज हामी सबैले आत्मसाथ गर्न जरुरी छ । यो क्रान्ति पछाडिको कारणलाई समेत हामीले गम्भीरताका साथ लिनुपर्छ । हाम्रा युवाहरुको बलिदान पछि राजनीतिक र आर्थिक सुधारका तिब्र चाहना छन् । देशमा विधि र न्यायको शासनको अपेक्षा छ । देशमा भ्रष्टाचार र बेथितिको अन्त्य भएको हेर्ने चाहना छ । युवा पुस्ताले गरेको क्रान्तिलाई हामी सबैले स्वीकार गर्नुपर्छ ।

    एकातिर हाम्रा युवामा निराशा व्याप्त छ भने अर्कोतिर देशप्रति उत्कट प्रेम छ । उनीहरुको भावनालाई म सम्मान गर्न चाहन्छु । विगतका सरकारहरुले युवाहरुका आवाज सुन्न सकेनन् । उनीहरुको माग सम्बोधन गर्न सकेनन् । यसका लागि हामी सबैले आफ्नो कमजोरी र गल्तीलाई विनम्रतापूर्वक स्वीकार गर्नुपर्छ ।

    हामी युवा पुस्ताले चाहेको परिवर्तनप्रति प्रतिवद्ध छौँ । नयाँ मार्गमा अघि बढिरहेका छौँ । यो मार्ग आगामी निर्वाचनपछि पनि निरन्तर कायम रहनुपर्छ ।’ उहाँले राजनीतिक दलहरुले आफूलाई सुधार गर्न जरुरी रहेको बताउनुभयो । आन्दोलनका पीडित र घाइतेहरुको उपचार र राहतका लागि विशेष कार्यक्रम अगाडि सारेको बताउनुभयो ।

    उनीहरुको कल्याणका लागि थप संयन्त्र बनाउने क्रममा रहेको जिकिर गर्नुभयो । भ्रष्टाचार, बेरोजगारी, विभेद जस्ता समस्यालाई सम्बोधन गर्न राजनीतिक र प्रशासनिक सुधार गर्न प्रतिवद्ध रहेको बताउनुभयो । भविष्यको नेपाल निर्माणमा जेन जीलाई अर्थपूर्ण रुपमा सहभागी गराउन नयाँ संयन्त्र स्थापना गर्ने बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ