बुधबार, असोज ३० गते २०८२

प्रधानमन्त्री र मैले गोली चलाउने आदेश दिएका थिएनौँ: रमेश लेखक

प्रधानमन्त्री र मैले गोली चलाउने आदेश दिएका थिएनौँ: रमेश लेखक

अखबार दैनिक
शुक्रबार, असोज २५ २०८२
  • प्रधानमन्त्री र मैले गोली चलाउने आदेश दिएका थिएनौँ: रमेश लेखक

    निवर्तमान गृहमन्त्री रमेश लेखकले गत भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा आफूले सुरक्षा निकायले गोली चलाउन आदेश नदिएको बताएका छन् ।

    कांग्रेस नेता लेखकले पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै आन्दोलनकारीमाथि गोली चलाउन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र आफूले आदेश नदिएको बताएका हुन् ।

    ‘दुःखद घटना भएपछि भदौ २३ गते गृहमन्त्री पदबाट मैले राजीनामा गरेको थिए । आन्दोलनका क्रममा बल प्रयोग गर्ने विषयमा प्रधानमन्त्री र गृहमन्त्रीले आदेश गरेको भन्ने विषय उठेका छन्,’ लेखकले भने, ‘यसमा प्रधानमन्त्रीज्यू र मबाट गोली प्रहारको कुनै आदेश भएको छैन ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ