सोमबार, असोज २८ गते २०८२

सामसङ नेपालले ल्यायो ‘तिहारको मुड, सबै गुड’ अफर

सामसङ नेपालले ल्यायो ‘तिहारको मुड, सबै गुड’ अफर

अखबार दैनिक
आइतबार, असोज २७ २०८२
  • सामसङ नेपालले ल्यायो ‘तिहारको मुड, सबै गुड’ अफर

    सामसङ नेपालले आफ्नो बहुप्रतिक्षित तिहार क्याम्पेन  ‘तिहारको मुड, सबै गुड !’ घोषणा गरेको छ । यो अफरले नेपालभरका ग्राहकलाई अद्भुत छुट र रोमाञ्चक लक्कीड्रमार्फत साप्ताहिक तथा बम्पर पुरस्कार जित्ने अवसर प्रदान गर्दै तिहारलाई अझ विशेष बनाउने कम्पनीले जनाएको छ ।

    यो अफर भोलि आइतबार (असोज २६)देखि कार्तिक ३० गतेसम्म देशभरका अधिकृत सामसङ विक्रेता लागू हुनेछ । यस अवधिमा ग्राहकले सामसङका टिभी, फ्रिज र वाशिङ मेसिनमा आकर्षक छुटका साथ नयाँ भर्सनका उत्पादन किन्न सक्नेछन्, जसले प्रकाशको यो पर्वलाई झनै उज्यालो बनाउने कम्पनीको भनाइ छ ।

    ग्राहकले सामसङको टिभी, फ्रिज वा वाशिङ मेसिन खरिद गरेपछि उत्पादनको सिरियल नम्बर एसएमएसमार्फत् पठाएर भाग लिन सक्नेछन् ।

    null

    “Samsung [Serial Number]” लेखी ३५००१ मा पठाउन सकिने कम्पनीले जनाएको छ । (उदाहरण: Samsung XXXXXXXXXXXXXXX)। पठाएपछि तुरुन्तै एसएमएसमार्फत् पुष्टि सन्देश प्राप्त हुनेछ।

    विजेताहरूको घोषणा हरेक साताको अन्त्यमा सामसङ प्लाजा र बिग डिजिटका फेसबुक तथा इन्स्टाग्राम पेजमा गरिने बताइएको छ ।  त्यसैगरी, सामसङले InstaFinance सेवामार्फत ग्राहकलाई शून्य प्रतिशत ब्याजदरमा सजिलो ईएमआई विकल्प उपलब्ध गराएको छ । 

    null

    यसका लागि केवल नागरिकताको प्रमाणपत्र आवश्यक हुनेछ। साथै, पुराना टिभी वा होम अप्लायन्सहरू अर्कोस्टोर (ArkoStore) वा नजिकको अधिकृत सामसङ स्टोरमार्फत साट्दा ७ हजार रूपैयाँसम्मको एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ