काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा विशेष बढुवा भएका सहायक रथी कृष्णप्रसाद भण्डारीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।सैनिक मुख्यालय जंगीअड्डामा मंगलबार (मंसिर ९) आयोजित एक कार्यक्रमबीच भण्डारीलाई उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
सोही अवसरमा प्रधानसेनापतिले सहायक रथी र महासेनानी दर्जामा पदोन्नति भएका एक÷एक जना महासेनानी तथा प्राविधिक प्रमुख सेनानीलाई समेत दर्ज्यानी चिह्न प्रदान गरेका थिए । कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, अधिकृतलगायत पदोन्नति भएका रथीवृन्द तथा अधिकृतका परिवारजनको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस