बिहीबार , साउन २१ गते २०८३

हालसम्मकै उच्च संक्रमण आज ,थप १ हजार ४५९ जनामा कोरोना संक्रमण पुष्टि,

हालसम्मकै उच्च संक्रमण आज ,थप १ हजार ४५९ जनामा कोरोना संक्रमण पुष्टि,

अखबार दैनिक
मंगलबार, भदौ ३० २०७७
  • हालसम्मकै उच्च संक्रमण आज ,थप १ हजार ४५९ जनामा कोरोना संक्रमण पुष्टि,

    ३० भदौं काठमाण्डौं । आज थप १ हजार ४५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एकै दिनमा थपिएकाे याे संख्या हालसम्मकै उच्च हाे। 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ५६ हजार ७८८ पुगेको छ।

    त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६२ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ४० हजार ६३८पुगेको छ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ७७९ छ। कुल संक्रमितमध्ये निको हुनेको दर ७१‍‍ दशमलव ५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। 

    यस अवधिमा मृतक ११ जनामा कोरोना पुष्टि भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३७१ छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार