बिहीबार , साउन २१ गते २०८३

आजदेखि लामो दूरीका गाडी सञ्चालन, यस्ता छन् नियम

आजदेखि लामो दूरीका गाडी सञ्चालन, यस्ता छन् नियम

अखबार दैनिक
बिहीबार , असोज १ २०७७
  • आजदेखि लामो दूरीका गाडी सञ्चालन, यस्ता छन् नियम

    १ असोज, काठमाण्डौं । लकडाउन/निषेधाज्ञाका कारण झन्डै ६ महिनादेखि बन्द लामो दूरीका सवारीसाधन आज (बिहीबार) बाट खुला भएका छन्।

    यातायात व्यवसायी र चालक महासंघको संयुक्त कार्यदलले हिजै (बुधबार) विज्ञप्ति जारी सबैलाई आजदेखि लामो दूरीका गाडी चलाउन अनुरोध गरिसकेको छ। साथै सबै चालक, सहचालक र यात्रुलाई सवारीसाधनमा आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन पनि आग्रह गरेको छ।

    चालक, सहचालकले मास्क, पञ्जा, सेनिटाइजर र सहचालकले फेस भाइजर अनिवार्य रूपमा प्रयोग गर्न भनिएको छ। यस्तै यात्रुलाई यात्रा अवधिभर मास्क लगाउनुपर्ने र सवारीसाधनमा चढ्दा, ओर्लिंदा तथा खाजा खाँदा भीड नगर्न अनुराेध गरिएकाे छ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असोज १ देखि लामो दूरीका गाडी सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको हाे। 

    तर ५० प्रतिशत अर्थात् सिट क्षमताभन्दा आधा मात्र यात्रु राख्न पाइनेछ भने यात्रुले ५० प्रतिशत बढी भाडा तिर्नुपर्नेछ। 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार