बिहीबार , साउन २१ गते २०८३

आशा लघुवित्तले गर्यो लाभांस घोषणा

आशा लघुवित्तले गर्यो लाभांस घोषणा

अखबार दैनिक
शुक्रबार, असोज २ २०७७
  • आशा लघुवित्तले गर्यो लाभांस घोषणा

    २,असोज, काठमाण्डौं । आशा लघुवित्त वित्तीय संस्था (ALBSL) ले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ। 

    लघुवित्तको भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनकाे लागि ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

    लघुवित्तले ३ करोड ४८ लाख ४३ हजार २०० रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १८ लाख ३३ हजार ८५३ रुपैयाँ नगद गरि कुल ३ करोड ६६ लाख ७७ हजार ५३ रुपैयाँ बराबरको लाभांश वितरण गर्नेछ।

    हाल २३ करोड २२ लाख ८८ हजार रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको बोनशपश्चात चुक्ता पुँजी २६ करोड ७१ लख ३१ हजार २०० रुपैयाँ पुग्नेछ।

    प्रस्तावित लाभांश राष्ट्र बेंकको स्वीकृति र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले प्राप्त गर्ने छन्।

    गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले ३ करोड ८१ लाख २ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी १६ रुपैयाँ ४० पैसा कायम गरेको छ। लघुवित्तको जगेडा कोषमा ७ करोड ४५ लाख रुपैयाँ सञ्चित छ।

     

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार