६ असोज, काठमाण्डौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको सोमबार बसेको बैठकले प्राधिकरणको अवधि एक वर्ष थप्न सिफारिस गरेको छ।
प्रधानमन्त्री तथा निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बसेको समितिको १७ औं बैठकले प्राधिकरणको कार्यावधि थप्न मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी सुशील ज्ञवालीले कोरोना महामारीका कारण प्रभावित निजी आवास पुनर्निर्माण, धरहरा लगायत महत्वपूर्ण संरचनाको पुनर्निर्माण सम्पन्न गर्न समय थप्ने सिफारिस गरेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस