बिहीबार , साउन २१ गते २०८३

सेयर बजारमा ९.३७ अंकको सुधार, नाफा बुकपछि पुनः जलविद्युतका सेयरमा फर्किए लगानीकर्ता

सेयर बजारमा ९.३७ अंकको सुधार, नाफा बुकपछि पुनः जलविद्युतका सेयरमा फर्किए लगानीकर्ता

अखबार दैनिक
बिहीबार , असोज ८ २०७७
  • सेयर बजारमा ९.३७ अंकको सुधार, नाफा बुकपछि पुनः जलविद्युतका सेयरमा फर्किए लगानीकर्ता

    ८ असोज, काठमाडौं । साताको पहिलो दिन आइताबार १६ सय विन्दुसम्म पुगेको सेयर बजार सोमबार र मंगलबार दुई दिनमा झन्डै ३० अंकले घटे पनि बुधबार भने पुनः उकालो लागेको छ । 

    प्रि-ओपन सेसनमा अघिल्लै दिनको लय समात्दै घटेको सेयर बजार नियमित कारोबारको दोस्रो घन्टाबाट भने बढ्ने क्रममा लागेको थियो । त्यससँगै बुधबार नेप्से परिसूचक समग्रमा ९.३७ अंकले बढेर १५५५.५२ विन्दुमा पुगेको छ । सूचक १५४३.३७ विन्दुबाट सुरु भएको सेयर बजार एक घण्टामा १५३५.६४ विन्दुसम्म ओर्लिएको थियो ।

     
    प्राविधिक विश्लेषले अहिले सेयर बजारमा १६ सय विन्दुमा बलियो प्रतिरोध रहेको देखिएकाले सूचकले उक्त विन्दु पार गर्न नसकि तल आएको हो । यस्तै, १५२५ देखि १५३० विन्दुमा बलियो टेवा रहेकाले सूचक धेरै तल नजाने विश्लेषकहरुको भनाइ छ । बजारलाई तलमाथि गर्ने कुनै सूचना नआए र विहिबार सूचक १५५० विन्दुभन्दा माथि नै रहे बजार छिटै १६ सय विन्दुमा पुग्ने विश्लेषण गरिएको छ ।  

    बुधबार कारोबार भएका १२ उपसमूहका सूचकमध्ये होटलबाहेक सबै समूह सकारात्मक रहँदा सेयर बजार बढ्न पुगेको हो ।

    जलविद्युतको सेयर मूल्यमा एक पटकको नाफा बुक गरी लगानीकर्ता पुनः सोही कम्पनीहरुको सेयर खरीदतर्फ लागेका छन् । उपसमूहगत रुपमा बुधबार सबैभन्दा बढी (२.८ प्रतिशत) ले यही समूहकै सूचक बढेको छ भने सेयर  मूल्य बढ्नेको अग्रपंक्तिमा पनि जलविद्युत कम्पनीहरु नै रहेका छन् । 

    एक महिनाअघिसम्म ५० देखि ६० रुपैयाँसम्म रहेका केही जलविद्युत कम्पनीहरुको मूल्य अहिले एक सय रुपैयाँमाथि आएपछि लगानीकर्ताहरु नाफा बुक गर्नतर्फ लागेका थिए । बुधवार पाँच जलविद्युत कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ भने बाँकीको सोभन्दा कमले बृद्धि भएको हो । 

    बुधवार बजार सूचक बढे पनि कारोबार रकम भने मंगलबारको भन्दा घटेको छ । १९४ कम्पनीको ५८ लाख ६२ हजार ६१७ कित्ता सेयर किनबेचमा बुधबार एक अर्ब ७२ करोड ७८ लाखबराबरको सेयर कारोबार भयो । मंगलवार यो रकम करिब दुई अर्ब ८१ करोड २८ लाख रुपैयाँ थियो ।

    लाभांश नदिने सूचना आएपछि मंगलवार घटेको शिखर इन्स्योरेन्सको सेयर मूल्य पनि बुधवार बढेको छ भने सर्वाधिक रकमको कारोबार हुनेमा पनि शिखर नै रहेको छ । कम्पनीको करिब १० करोड ८६ लाख रुपैयाँको सेयर किनबेच भएको हो । दोस्रोमा केही दिनयता  नेपाल बैंक नै रहेको छ, जसको ९ करोड ५९ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार