बिहीबार , साउन २१ गते २०८३

पछिल्लो २४ घण्टामा १५५९ जनामा थप कोरोना भाइरसको संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा १५५९ जनामा थप कोरोना भाइरसको संक्रमण पुष्टि

अखबार दैनिक
बुधबार, असोज १४ २०७७
  • पछिल्लो २४ घण्टामा १५५९ जनामा थप कोरोना भाइरसको संक्रमण पुष्टि

    १४ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा १५५९ जनामा थप कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार २०५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।

    यीसहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ७७ हजार ८१७ पुगेको छ। 

    यस अवधिमा १ हजार ५७ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म देशभर ५६ हजार ४२८ जना कोरोनाबाट निको भएको मन्त्रालयले जनाएको छ।

    अहिले देशभर सक्रिय संक्रमितको संख्या २० हजार ८९१ रहेको मन्त्रालयले जनाएको छ। 

     

     

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार