बिहीबार , साउन २१ गते २०८३

कोरोना भाइरस परीक्षण: डब्ल्यूएचओले १३३ देशमा १५ देखि ३० मिनेटमा नतिजा देखाउने प्रविधि पुर्‍याउने

कोरोना भाइरस परीक्षण: डब्ल्यूएचओले १३३ देशमा १५ देखि ३० मिनेटमा नतिजा देखाउने प्रविधि पुर्‍याउने

अखबार दैनिक
बुधबार, असोज १४ २०७७
  • कोरोना भाइरस परीक्षण: डब्ल्यूएचओले १३३ देशमा १५ देखि ३० मिनेटमा नतिजा देखाउने प्रविधि पुर्‍याउने

    १४ असोज, काठमाण्डौं । स्वास्थ्यकर्मी र प्रयोगशाला कम भएका अल्पविकसित मुलुकमा कोभिड-१९ पत्ता लगाउने प्रक्रियामा पाँच डलर मात्र लागत पर्ने उक्त परीक्षण प्रविधिले सकारात्मक परिवर्तन ल्याउने ठानिएको छ।

    उत्पादकहरूसँगको एउटा सम्झौताअनुसार उनीहरूले छ महिनाभित्र १२ करोडवटा त्यस्ता परीक्षण उपलब्ध गराउनेछन्।

    डब्ल्यूएचओका प्रमुखले यो कोरोनाभाइरस नियन्त्रणका लागि प्रमुख कोसेढुङ्गा साबित हुने बताए।

    परीक्षणका लागि नमुना दिएपछि त्यसको नतिजा आउन लामो समय लाग्दा धेरै देशमा कोरोनाभाइरस फैलिन नदिन गाह्रो हुने गरेको छ।

    विज्ञहरूले भारत र मेक्सिकोजस्ता उच्च सङ्क्रमण दर भएका देशमा एकदमै थोरै मात्र परीक्षण हुँदा महामारीको वास्तविक विस्तार थाहा हुन नसकेको बताएका छन्।

    डब्ल्यूएचओको भनाइ

    सोमवार पत्रकार सम्मेलनमा बोल्दै डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले भने,"नयाँ, सजिलै बोकेर हिँड्न सकिने र प्रयोग गर्न सजिलो परीक्षणले कैयौँ घण्टा वा दिनको साटो १५ देखि ३० मिनेटभित्र नतिजा दिन्छ।"

    औषधि निर्माताहरू एब्बो र एसडी बायोसेन्सरले च्यारिटेबल संस्था बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनका लागि १२ करोड परीक्षणहरू उत्पादन गर्न सहमत बनेको उनले बताए।

    सम्झौताले १३३ देशमा सहायता पुग्नेछ। त्यसमा हाल महामारीले धेरै असर पारेका र मृत्यु भएका ल्याटिन अमेरिकी मुलुक पनि छन्।

    "यो उनीहरूको परीक्षण क्षमताको प्रमुख अतिरिक्त क्षमता हो र यो विशेषगरी उच्च सङ्क्रमण भएका क्षेत्रमा महत्त्वपूर्ण हुनेछ," उनले भने।

    "यसले प्रयोगशालाको सुविधा र पर्याप्त स्वास्थ्यकर्मी नभएका क्षेत्रमा परीक्षणको दायरा बढाउनेछ।"

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार