शुक्रबार, साउन २२ गते २०८३

कांग्रेसद्वारा धादिङ बस दुर्घटनाप्रति दुःख व्यक्त

कांग्रेसद्वारा धादिङ बस दुर्घटनाप्रति दुःख व्यक्त

अखबार दैनिक
सोमबार, फागुन ११ २०८२
  • कांग्रेसद्वारा धादिङ बस दुर्घटनाप्रति दुःख व्यक्त

    धादिङमा भएको बस दुर्घटनाप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ ।नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सोमबार एक वक्तव्यमार्फत दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले मृतकहरूको आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन्।

    सभापति थापाले घाइतेहरूको उपचारको उचित प्रबन्ध मिलाउन सरकारसँग आग्रह पनि गरेका छन्।पोखराबाट काठमाडौँ जाँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुवाहक बस आज बिहान करिब १ः३० बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं.५ भैसिगौडा भन्ने ठाउँबाट त्रिशूली नदीमा खस्दा १९ जनाको मृत्यु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार