बिहीबार , साउन २१ गते २०८३

कोरोना टेस्ट गराउनु भयो ? यदि स्साव दिनुभएको छ भने अनिवार्य आईसोलेसनमा बस्नुस , नबस्नेलाई ६ महिनासम्म कैद हुनसक्छ : स्वास्थ्य मन्त्रालय

कोरोना टेस्ट गराउनु भयो ? यदि स्साव दिनुभएको छ भने अनिवार्य आईसोलेसनमा बस्नुस , नबस्नेलाई ६ महिनासम्म कैद हुनसक्छ : स्वास्थ्य मन्त्रालय

अखबार दैनिक
शुक्रबार, असोज २३ २०७७
  • कोरोना टेस्ट गराउनु भयो ? यदि स्साव दिनुभएको छ भने अनिवार्य आईसोलेसनमा बस्नुस , नबस्नेलाई ६ महिनासम्म कैद हुनसक्छ : स्वास्थ्य मन्त्रालय

    २३ असोज, काठमाण्डौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइसोलेसनमा नबस्ने कोरोना संक्रमितहरूलाई ६ महिनासम्म कैद गर्ने गरी कारबाही अगाडि बढाएको जनाएको छ। 

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले केही संक्रमितहरू आइसोलेसनमा नबसेको जानकारी आएको भन्दै त्यस्ता व्यक्तिलाई संक्रामक रोग ऐन अनुसार ६ महिनासम्म कैद हुने व्यवस्था रहेको जानकारी दिए। 

    उनले त्यसका लागि गृह मन्त्रालय र सबै जिल्ला प्रशासन कार्यालयलाई सूचना गरिएको पनि जनाए। 

    उनले केही संक्रमितहरू निको नभई पनि बाहिर हिँडेको जानकारी आएको भन्दै कारबाहीको कदम अघि सारिएको जनाए।

    साथै, परीक्षणका लागि स्वाब दिएका व्यक्तिहरू रिपोर्ट नआइन्जेल अनिवार्य क्वारेन्टिनमा बस्न समेत मन्त्रालयले आग्रह गरेको छ। 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार