शुक्रबार, साउन २२ गते २०८३

मुगुमा मतदान केन्द्र नजिकै राखिएको बम सेनाद्वारा डिस्पोज, मतदाता त्रसित

मुगुमा मतदान केन्द्र नजिकै राखिएको बम सेनाद्वारा डिस्पोज, मतदाता त्रसित

अखबार दैनिक
बिहीबार , फागुन २१ २०८२
  • मुगुमा मतदान केन्द्र नजिकै राखिएको बम सेनाद्वारा डिस्पोज, मतदाता त्रसित

    प्रतिनिधिसभा निर्वाचनको मतदान भइरहँदा मुगुको सोरु गाउँपालिका–८ स्थित बालज्योति माध्यमिक विद्यालय, गिलाहा मतदान केन्द्र नजिकै भेटिएका दुईवटा बम नेपाली सेनाले निस्क्रिय गरेको छ ।

    निर्वाचन बुथ नजिकै दुई छुट्टाछुट्टै स्थानमा शङ्कास्पद वस्तु (बम)फेला परेपछि मतदान प्रक्रियामा केही समय अवरोध सिर्जना भएको थियो । खबर प्राप्त हुनासाथ घटनास्थल पुगेको नेपाली सेनाको टोलीले ती बमहरूलाई सुरक्षित रूपमा निष्क्रिय डिस्पोज पारेको छ । सुरक्षा निकायले उक्त क्षेत्रलाई अहिले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । बम भेटिएपछि सोरु क्षेत्रका सर्वसाधारणमा त्रास फैलिएको छ । स्थानीय बासिन्दा धर्मराज शाहीका अनुसार बम विष्फोटको डरले गर्दा मतदान केन्द्रमा मतदाताहरूको उपस्थिति निकै न्यून देखिएको छ ।

    ‘बिहानैदेखि बमको खबरले गाउँलेहरू डराएका छन्, जसका कारण मतदान केन्द्रमा न्यून संख्यामा उपस्थिति देखिएको छ,’ शाहीले जानकारी दिंदै भने ।

    उक्त क्षेत्रका अन्य केही स्थानहरूमा पनि शङ्कास्पद वस्तु राखिएको हुनसक्ने अपुष्ट खबरहरू आएपछि सुरक्षा निकायले निगरानी बढाएको छ । जिल्ला प्रशासन कार्यालय मुगुले सुरक्षा व्यवस्था कडा पारिएको र निर्धक्क भएर मतदान गर्न नागरिकहरूलाई आग्रह गरेको छ । 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार