शुक्रबार, साउन २२ गते २०८३

मुगुका २८ केन्द्रका मतपेटिका सदरमुकाम ल्याउन बाँकी

मुगुका २८ केन्द्रका मतपेटिका सदरमुकाम ल्याउन बाँकी

अखबार दैनिक
शुक्रबार, फागुन २२ २०८२
  • मुगुका २८ केन्द्रका मतपेटिका सदरमुकाम ल्याउन बाँकी

    मुगुमा २८ मतदान केन्द्रका मतपेटिका सदरमुकाम गमगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याउन बाँकी रहेको छ ।

    मुगुका कुल ७० मतदान केन्द्रमध्ये ४२ केन्द्रको मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइपुगेको र २८ वटा मतदान केन्द्रको मत पेटिका सदरमुकाममा पुग्न बाँकी रहेको जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले बताए । उनका अनुसार २८ मतदान केन्द्रका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएको छैन । मतपेटिकासहित निर्वाचन टोली हिडिसकेको बताए ।

    उनका अनुसार खत्याड गाउँपालिकामा १९, सोरु गाउँपालिका १, मुगुम कार्मारोङ गाउँपालिका ८ वटा मतदात केन्द्र गरेर २८ वटा मतदान केन्द्रका मतपेटिका आउन बाँकी रहेको खत्रीको भनाइ छ । सबै मतपेटिका जिल्लामा पुगिसकेपछि सर्बदलीय बैठक बसेपछि मतगणना कार्य अगाडि बढाइने छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार