काठमााडौंका तीन स्थानबाट हटाइएका ‘वास्तविक सुकुमवासी’लाई सरकारले १५ दिनपछि स्थायी बसोवासको व्यवस्था मिलाउने भएको छ ।
थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रमा बसेका सुकुमवासीलाई शनिबार र आइतबार तीन स्थानबाट अस्थायी बसोबास हुने गरी सार्ने भएको छ । प्रधानमन्त्री एवं मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार सरकारले पूर्व तयारी गरेर मात्रै सुकुमवासीलाई सार्न लागेको हो । शुक्रबार साँझसम्म बसोबास गरिरहेको स्थान छोड्नका लागि सुरक्षाकर्मीले हिजो साँझ माइकिङ गरेर आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस