बिहीबार , साउन २१ गते २०८३

पछिल्लो २४ घण्टामा २३६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, काठमाण्डौ उपत्यकामा मात्र १६१५ जना संक्रमित

पछिल्लो २४ घण्टामा २३६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, काठमाण्डौ उपत्यकामा मात्र १६१५ जना संक्रमित

अखबार दैनिक
बिहीबार , कात्तिक १३ २०७७
  • पछिल्लो २४ घण्टामा २३६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, काठमाण्डौ उपत्यकामा मात्र १६१५ जना संक्रमित

    १३ कात्तिक, काठमाडौं ।पछिल्लो २४ घण्टामा २३६४ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९७६९ जनाको पीसीआर परीक्षण गर्दा १३८० पुरुष र ९८४ महिला गरी २३६४ जनामा संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३३८, ललितपुरमा १८० र भक्तपुरमा ९७ जना कोरोना संक्रमित भेटिएका छन् ।
    काठमाडौं जिल्लामा हालसम्म ५९ हजार २३४ जना कोरोना संक्रमित भएकामा ४२ हजार ५०४ निको भएका छन् भने २०९ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या १६ हजार ५२१ रहेको छ ।

    ललितपुरमा कुल ८३५० संक्रमितमा ५८२२ जना निको भएका छन् भने ५८ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या २४७० रहेको छ ।

    भक्तपुरमा कुल ५५१९ संक्रमित भएकमा ४३८३ निको भएका छन् र ६१ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या १०७५ रहेको छ ।

    बिहीबार देशभरमा भने २३६४ जना संक्रमित भेटिएका छन्

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार