काठमाडौं । साताको दोसो कारोबार दिन मंगलबार सेयर बजार घटेको छ । आज बजार ९.२४ अंकले घटेर २७७७.१० को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।बजार घटेसंगै मंगलबार कारोबार रकम पनि घटेको छ । सोमबार ५ अर्ब ९८ करोडको कारोबार भएको बजारमा मंगलबार ४ अर्ब ८५ करोडको कारोबार भएको छ ।
त्यसैगरी सोमबार ६९ कम्पनीको सेयर मुल्य बढेको छ भने १९० कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ११ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।

प्रतिक्रिया दिनुहोस