बुधबार, साउन २७ गते २०८३

महत्त्वाकांक्षी लक्ष्यसहित रास्वपा सरकारकाे पहिलाे बजेट आज आउँदै

महत्त्वाकांक्षी लक्ष्यसहित रास्वपा सरकारकाे पहिलाे बजेट आज आउँदै

अखबार दैनिक
शुक्रबार, जेठ १५ २०८३
  • महत्त्वाकांक्षी लक्ष्यसहित रास्वपा सरकारकाे पहिलाे बजेट आज आउँदै

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले ल्याउन लागेको यो पहिलो बजेट हो, जुन रास्वपाको ‘वाचापत्र’ लाई मुख्य मार्गचित्र मानेर तयार पारिएको छ ।

    राष्ट्रिय स्रोत अनुमान समितिले दिएको १८ खर्ब ९० अर्बको सुरूवाती सीमा (सिलिङ) नाघेर अर्थमन्त्रीले करिब २१ देखि २२ खर्ब रुपैयाँको ठूलो आकारको बजेट ल्याउने तयारी गरेका छन् । चालू आर्थिक वर्षमा करिब डेढ खर्बको घाटा र न्यून राजस्व संकलनको बाबजुद जनआकांक्षा सम्बोधन गर्न सरकारले महत्वाकांक्षी लक्ष्य लिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार