बुधबार, साउन २७ गते २०८३

युवाहरूलाई स्वदेशमै महिनाको १ लाख कमाउने वातावरण बनाएको अर्थमन्त्री वाग्लेको दाबी

युवाहरूलाई स्वदेशमै महिनाको १ लाख कमाउने वातावरण बनाएको अर्थमन्त्री वाग्लेको दाबी

अखबार दैनिक
सोमबार, जेठ १८ २०८३
  • युवाहरूलाई स्वदेशमै महिनाको १ लाख कमाउने वातावरण बनाएको अर्थमन्त्री वाग्लेको दाबी

    अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले मुलुकको अर्थतन्त्रमा नीतिगत सुधारको जग बसाल्ने र युवा पुस्तामा आशा जगाउने दाबी गरे । 

    सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) द्वारा आयोजित ‘पोस्ट–बजेट’ छलफलमा बोल्दै वाग्लेले भर्खरै अध्ययन सकेका युवाहरूलाई स्वदेशमै आत्मसम्मानका साथ महिनाको एक लाख रुपैयाँसम्म आम्दानी गर्नसक्ने वातावरण निर्माण गर्न बजेट केन्द्रित रहेको बताएका हुन् ।

    'भर्खरै कलेज सक्दै गरेको युवाले पनि ओहो नेपालमै बसेर महिनाको करिब एक लाख  कमाउँदा पनि ट्याक्सफ्री इन्कम लिएर आई क्यान रिमेन इन नेपाल विथ डिग्निटी भन्ने वातावरण बनाउने काम हामीले गरेका हौँ,' उनले भने । 

    १० लाख रुपैयाँसम्मको आयकर छुटलाई ‘क्रान्तिकारी’ कदमको संज्ञा दिँदै अर्थमन्त्री वाग्लेले यसबाट बजारमा मुद्रा प्रवाह बढ्ने र अर्थतन्त्र चलायमान हुने विश्वास व्यक्त गरे । साथै उच्च आय वर्गमा लाग्दै आएको ३९ प्रतिशत करलाई १० प्रतिशत बिन्दुले घटाएर वचतलाई लगानीमा रूपान्तरण गर्ने नीति लिइएको उनले प्रस्ट पारे ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार