शुक्रबार, असोज २ गते २०८३

बाढीमा ज्यान गुमाएकाहरूको आत्माशान्तिको कामनासहित साइकल यात्रा

बाढीमा ज्यान गुमाएकाहरूको आत्माशान्तिको कामनासहित साइकल यात्रा

अखबार दैनिक
बिहीबार , असोज १ २०८३
  • बाढीमा ज्यान गुमाएकाहरूको आत्माशान्तिको कामनासहित साइकल यात्रा

    बागमती, १ असोजः गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण दिवङ्गत भएकाहरूको आत्माशान्तिको कामना तथा प्रभावितको शीघ्र पुनःस्थापनाको मागसहित लमजुङसम्मको साइकल यात्रामा निस्किएको निजगढ साइकल क्लबको टोलीलाई आज हेटौँडामा स्वागत गरिएको छ ।    
        
    निजगढ राइडर्स क्लबका उपाध्यक्ष भूपेन्द्र सापकोटा नेतृत्वको पाँच सदस्यीय टोलीलाई हिमालयन राइडर्स सोसाइटी हेटौँडाका अध्यक्ष राजु थापामगरसहितको टोलीले हेटौँडामा स्वागत गरेको हो । साइकल यात्रामार्फत ७५ वर्षीय नवीन लम्सालसहितको टोली लमजुङको घलेगाउँसम्म पुग्ने क्लबका सल्लाहकार उत्तम शर्माले जानकारी दिनुभयो ।    
        
    देशमा रहेका साइकल क्लबहरू समाजका हरेक सुखदुःखमा सँगै छन् भन्ने सन्देश प्रवाहका लागि पनि यो साइकल यात्रा गरिएको भन्दै यसले दिने सहकार्य र एकताको सन्देश दिने हिमालयन राइडर्स सोसाइटीका अध्यक्ष थापाले विश्वास व्यक्त गर्नुभयो ।    
        
    लमजुङ जिल्ला साइकल सङ्घको आयोजनामा आन्तरिक पर्यटन प्रवर्द्धनको लक्ष्यका साथ देशभरका साइकल सङ्घका प्रतिनिधिहरू लमजुङमा जम्मा हुन लागेका जानकारी दिँदै उहाँले देशका विभिन्न स्थानबाट करिब ५०० साइकल यात्री यहाँ आउने बताउनुभयो । सोसाइटीका तर्फबाट लमजुङको साइकल यात्रामा ५० जनाको सहभागिता हुने उहाँले जानकारी दिनुभयो ।    

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ