शुक्रबार, असोज २ गते २०८३

नागरिकका गुनासाे सुन्न बागमतीमा ‘हेलो सिएम’ सेवा

नागरिकका गुनासाे सुन्न बागमतीमा ‘हेलो सिएम’ सेवा

अखबार दैनिक
बिहीबार , असोज १ २०८३
  • नागरिकका गुनासाे सुन्न बागमतीमा ‘हेलो सिएम’ सेवा


    बागमती, १ असोजः बागमती प्रदेश सरकारले सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने गरी ‘हेलो सिएम’ सेवा सञ्चालनमा ल्याएको छ । यस सेवामार्फत आगामी दिनमा प्रदेश सरकारसँग सम्बन्धित गुनासो, सुझाव, समस्या तथा आवश्यक जानकारी लिन सकिने मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।    
        
    प्रदेश सरकारले नागरिकका समस्या, गुनासो तथा सुझावहरूलाई प्रत्यक्ष रूपमा सुनुवाइ गर्ने उद्देश्यले ‘हेलो सिएम’ (गुनासो व्यवस्थापन तथा नागरिक संवाद) सेवालाई थप प्रभावकारी र सहज बनाएको हो ।    
        
    नागरिकले घरमै बसेर निःशुल्क तथा प्रविधिको प्रयोगमार्फत गुनासो सरकारसमक्ष पुर्‍याउनका लागि टोल फ्री नं १६६०५७५२८९८, ह्वाट्सयाप नं ९८५५०९१४५६, इमेल ठेगाना [email protected] वा अनलाइनमार्फत आधिकारिक ब्यानरमा दिइएको क्यूआर कोड स्क्यान गरेर सम्बन्धित प्रणालीमा पुग्न सकिने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ ।     

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ