मंगलबार, असोज २० गते २०८३

गाजामा इजरायलको कडा चेतावनी

गाजामा इजरायलको कडा चेतावनी

अखबार दैनिक
मंगलबार, असोज २० २०८३
  • गाजामा इजरायलको कडा चेतावनी

    जेरुसेलम, २० असोज , हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणको तेस्रो वर्षगाँठअघि इजरायलले आफ्ना सेनालाई उच्च सतर्कतामा राखेको छ । रक्षामन्त्री इजरायल काट्जले गाजाबाट इजरायली सेनामाथि आक्रमण भए गाजाका मानिसले ‘भारी मूल्य’ चुकाउनुपर्ने चेतावनी दिनुभएको छ ।    
        
    रक्षामन्त्री काट्जको कार्यालयका अनुसार हमासले वार्षिकोत्सवका दिन गाजामा तैनाथ इजरायली सेनामाथि आक्रमण तथा आतङ्ककारी गतिविधि गर्ने योजना बनाएको भन्ने गुप्त सूचनाका आधारमा सेनालाई उच्च सतर्कतामा राखिएको हो । सेनालाई  क्षति पुगेमा  हमास र गाजाको  जनसङ्ख्याले अनुपातभन्दा बाहिर ठूलो मूल्य चुकाउनुपर्ने उहाँले बताउनुभयो ।    
        
    एएफपीका अनुसार आधिकारिक इजरायली तथ्याङ्कमा आधारित विवरणमा सन् २०२३ अक्टोबर ७ को हमास आक्रमणमा एक हजार २२१ जनाको मृत्यु भएको थियो भने २५१ जना बन्धक बनाइएका थिए । तीमध्ये ४४ जनाको मृत्यु भइसकेको छ ।    
        
    आक्रमणपछि इजरायलले गाजामा व्यापक सैन्य कारबाही सुरु गरेको थियो । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ७४ हजार दुई सयभन्दा बढी  मानिसको  मृत्यु भएको छ । हमासको नियन्त्रणमा रहेको मन्त्रालयको तथ्याङ्कलाई संयुक्त राष्ट्रसङ्घले भरपर्दो मान्दै आएको छ । गत अक्टोबरमा युद्धविराम भएयता पनि इजरायली सेनाको कारबाहीबाट एक हजार ४४० भन्दा बढी मानिसको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।    
        
    यसैबीच, सोमबार आयोजित सरकारी समारोहमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा हमासको शासन कायम नरहने बताउनुभएको छ । उहाँले अक्टोबर ७ को आक्रमणमा संलग्न तथा बन्धक बनाउने कार्यमा संलग्न जोसुकैलाई लक्षित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।     

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ