मंगलबार, असोज २० गते २०८३

कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा प्रेम खत्रीको उम्मेदवारी

कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा प्रेम खत्रीको उम्मेदवारी

अखबार दैनिक
मंगलबार, असोज २० २०८३
  • कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा प्रेम खत्रीको उम्मेदवारी

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा प्रेम खत्रीले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।

    खत्रीले कांग्रेसलाई जनतासँग जोडिएको, युवासँग सहकार्य गर्ने र प्रविधिमैत्री पार्टीका रूपमा अघि बढाउने संकल्पसहित उम्मेदवारी दिएको बताएका छन्। उनले आधुनिक लोकतान्त्रिक शक्ति निर्माणका लागि सबैको साथ, सहयोग र सहकार्य आवश्यक रहेको उल्लेख गरेका छन्।

    आफ्नो सामाजिक सञ्जालमार्फत उम्मेदवारीबारे जानकारी दिँदै खत्रीले कांग्रेसलाई जनताको भावना र आवश्यकतासँग अझ नजिक बनाउँदै नयाँ पुस्तालाई पार्टीसँग जोड्ने तथा प्रविधिको प्रभावकारी प्रयोगमार्फत संगठनलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

    उनले आफ्नो उम्मेदवारीलाई पार्टीको संगठनात्मक सुदृढीकरण र आधुनिक लोकतान्त्रिक शक्तिको निर्माणतर्फको प्रयासका रूपमा प्रस्तुत गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ