मंगलबार, असोज २० गते २०८३

तातोपानी नाका खुलाउनेबारे छलफल भइरहेको छः मन्त्री लम्साल

तातोपानी नाका खुलाउनेबारे छलफल भइरहेको छः मन्त्री लम्साल

अखबार दैनिक
मंगलबार, असोज २० २०८३
  • तातोपानी नाका खुलाउनेबारे छलफल भइरहेको छः मन्त्री लम्साल

    काठमाडौँ, २० असोजः पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तातोपानी नाका सञ्चालन गर्ने बारेमा चीनसँग कुराकानी भइरहेको बताउनुभएको छ ।    
        
    हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको आजको बैठकमा मन्त्री लम्सालले तातोपानी नाका पुनः सञ्चालनमा ल्याउने एवं रसुवागढी नाका सञ्चालनमा ल्याउने बारेमा सरकार निरन्तर प्रयत्नशील रहेको जानकारी दिनुभएको हो ।    
        
    मन्त्री लम्सालले अहिले तातोपानी नाकामा नेपालतर्फ कुनै समस्या नरहेको र नेपालतर्फको बाटो पनि सञ्चालनमा ल्याइसकिएको जानकारी दिनुभयो । तर यसका लागि चिनियाँ पक्ष भने तयार नदेखिएको पनि उहाँले जानकारी दिनुभयो ।    
        
    उहाँले भन्नुभयो, “अहिले पनि हामी तयार नै छौँ । हाम्रा लागि त्यो नाका सञ्चालन गर्न कुनै कठिनाइ छैन । चिनियाँ पक्षसँग पनि हामी नियमित संवादमा रहेका छौँ । रसुवागढी नाका कसरी खुलाउने भन्ने विषयमा हामी लागि रहेका छौँ ।”    
        
    ठूलो प्राकृतिक विपद् आइलागेकाले अहिले नै यी नाकाहरु सञ्चालनमा ल्याउन समस्या आए पनि सरकारले तत्काल सडक तथा पूर्वाधार निर्माण र पुनःस्थापनाका लागि भने काम गरिरहेको मन्त्री लम्सालले जानकारी दिनुभयो ।    
        
    मन्त्री लम्सालले रसुवागढी नाका चीनसँगको प्रमुख व्यापारिक नाका भएकाले यसलाई पुनः सञ्चालन गर्ने बारेमा पनि सरकारले योजना बनाइरहेको बताउनुभयो । उहाँले त्यसका लागि आवश्यक पूर्वाधार निर्माणका काममा सरकार लागिपरेको जानकारी दिनुभयो ।    

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ