नयाँ इतिहास रच्दै सेयर बजारले गर्यो २०७७ साललाई बिदाई
नयाँ इतिहास रच्दै सेयर बजारले गर्यो २०७७ साललाई बिदाई
अखबार दैनिक
मंगलबार, चैत ३१ २०७७
6.3K
Share
२०७७ सालको अन्तिम आज सेयर बजारले नयाँ इतिहास रचेको छ । सेयर बजारले २७ सयको बिन्दु पार गरि नयाँ रेकर्ड राखेको छ ।
कोरोना महामारीका कारण लामो समय लकडाउनबाट गुग्रिएको मुलुकमा सेयर बजारले भने नयाँ इतिहास रच्यो । अन्य क्षेत्रमा लगानी खुम्चिएपछी सेयर बजारलाई भने यसले राम्रो प्रतिफल दियो ।
हिजाे मात्र २६९१.५५ विन्दुमा पुगी अलटाइम हाइ रेकर्ड बनाएकाेमा नेप्सेले आज साेही विन्दुलाई ताेडेर अलटाइम नयाँ रेकर्ड बनाएकाे हाे । मंगलबार सेयर बजार २७१४.७९ विन्दुमा पुगेकाे छ । याे हालसम्म कै उच्च विन्दु हाे ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक २३.२३ अंकले बढेर २७१४.७९ विन्दुमा पुगेकाे छ । नेप्से ०.८६ प्रतिशतले बढेकाे हो ।
कूल २०९ वटा कम्पनीकाे एक कराेड ४६ लाख ९१ हजार ६ सय ४३ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब १४ करोड ३१ लाख ५१ हजार रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये ६ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ७ वटा उपसमूहकाे सेयर घटेकाे छ ।
आज बैंकिङ्ग, व्यापार, विकास बैंक, हाइड्रोपावर,फाइनान्स र म्युचुअल फण्ड समूहको सेयरमूल्य बढेको छ । यता निर्जीवन बीमा, होटल र पर्यटन, लगानी उत्पादन, लघुवित्त, जीवन बीमा र अन्य समूहको सेयरमूल्य घटेको छ ।
अन्य क्षेत्रमा लगानीको अवसर नहुँदा आम लगानीकर्ताको ध्यान सेयर बजारतर्फ मोडियो । जसले गर्दा सेयर बजारमा नयाँ उछाल देखियो । सेयर बजारले वर्ष २०७७ लाई उत्साहपूर्ण तरिकाले बिदाइ गरेको छ ।
प्रतिक्रिया दिनुहोस