सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने बढ्यो
सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने बढ्यो
अखबार दैनिक
आइतबार, वैशाख ५ २०७८
7.3K
Share
निरन्तर नयाँ रेकर्ड कायम राख्दै आएको सेयर बजारले आज (आइतबार) भने ओरालो यात्रा तय गरेको छ । आज सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । आज सेयर कारोबार मापक नेप्से परिसूचक ३५.८९ अंकले घटेको हो । नेप्से परिसूचक १.३१ प्रतिशतले घटेर २६९९.५१ को बिन्दुमा पुगेर रोकिएको छ । नेप्सेमा लामो समयपछि यति धेरै गिरावट आएको हो । साताको अन्तिम दिन बिहिबार नेप्से परिसूचक २०.६७ अंकले बढेर २७३५.४६ विन्दुमा पुगेर बजार बन्द भएको थियो ।
त्यस्तै सेन्सेटिभ परिसूचक ६.२९ अंकले घटेर ४८६.१६ अंकमा पुगेको छ । आज कुल २०७ वटा कम्पनीको सेयर कारोबार भएको छ । कुल २०७ वटा कम्पनीको एक करोड ९५ लाख २८ हजार ६५६ कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ८० करोड १८ लाख ३ हजार २१५ रुपैयाँ बराबरको कारोबार भएको छ
नेप्से परिसूचकमा भारी गिरावट आउँदा पनि कारोबार रकममा भने बढेको छ बिहिबार ८ अर्ब ५७ करोड ४६ लाख ६२ हजार ३०९ रुपैयाँ बराबरको कारोबार भएको थियो । कुल १३ उपसमूहमध्ये एउटा मात्र उपसमूहको सेयर मात्र बढेको छ बाँकी १२ वटा उपसमूहको सेयर भने घटेको छ । आज म्युचुअल फण्ड बाहेक अन्य सबै उपसमूहको सेयर घटेको हो ।
प्रतिक्रिया दिनुहोस