बिहीबार , साउन २१ गते २०८३

गृह मन्त्रालयले उद्धार गर्न पठाएको हेलिकप्टरमा मुख्यमन्त्री पोखरेलको भ्रमण

गृह मन्त्रालयले उद्धार गर्न पठाएको हेलिकप्टरमा मुख्यमन्त्री पोखरेलको भ्रमण

अखबार दैनिक
शनिबार, असार ५ २०७८
  • गृह मन्त्रालयले उद्धार गर्न पठाएको हेलिकप्टरमा मुख्यमन्त्री पोखरेलको भ्रमण

    संद्यिय सरकारले मनाङ लगायत बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि पठाएको हेलिकप्टरमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल मनाङ उडेका छन् ।

    202918520_220044999960609_2151740714632542352_n-1.jpg

    सरकारले उद्धारका लागि पठाएको नेपाली सेनाको हेलिकप्टरमा मुख्यमन्त्री पोखरेल र मन्त्री दिपक मनाङे मनाङ अवलोकनमा उडेका हुन् । बाढीबाट अति प्रभावित मनाङ अझै उद्धारका लागि जनताले माग गरिरहेका बेला मुख्यमन्त्री पोखरेलको टोली चाउचाउ बोकेर मनाङ उडेको हो ।

    हेलिकप्टरमा मुख्यमन्त्री मनाङ अवलोकन उडानबारे गण्डकी प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले हेलिकप्टर कसले उपलब्ध गरायो भन्ने बारे आफुलाई जानकारी नभएको बताए । यद्यपी प्रवक्ता खड्का सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त हेलिकप्टर गृह मन्त्रालयले उपलब्ध गराएको पुष्टि गरेका छन् ।

    195887185_1152865391880018_4573296305827106999_n.jpg

    यता उद्धार र राहतका लागि खटिने गरि केन्द्र सरकारले पठाएको हेलिकप्टरलाई होल्ड गरेर मुख्यमन्त्री पोखरेलको टोली अवलोकनमा निस्किएपछि सामाजिक सञ्जालमा आलोचना समेत भएको छ। केन्द्र सरकारको पहलमा नेपाली सेनाको हेलिकप्टरले बुधवार मात्रै मनाङ नासोङ गाउँपालिकामा बाढीबाट प्रभावित बनेका करिब सय जनालाई उद्धार गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार