बिहीबार , साउन २१ गते २०८३

रोटरीले नेपालमा १ अर्ब बराबरको सामाजिक कार्य गर्ने

रोटरीले नेपालमा १ अर्ब बराबरको सामाजिक कार्य गर्ने

अखबार दैनिक
सोमबार, भदौ २३ २०७६
  • काठमाडौं । रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानले रोटरी वर्ष २०१९/२० मा करिब १ अर्ब बराबरको सामाजिक कार्य गर्ने भएको छ । अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर काठमाडौंमा गरिएको पत्रकार सम्मेलनमा सन् २०३० सम्ममा नेपाललाई साक्षर बनाउने अभियान अन्तर्गत सो घोषणा गरिएको हो । भूटानको एउटा र नेपालका ११९ वटा स्थानीय रोटरी क्लबहरू र त्यसमा आवद्ध पॉच हजार सदस्यलाई नेपालमा मुख्यालय रहेको रोटरी डिष्ट्रिक्ट ३२९२ ले नेपालमा सार्वजनिक सेवाको सुरुवात ६० वर्षअघि गरेको थियो । विक्रम सम्वत् २०१७ बैशाख १ गते (सन् १९५९ अप्रिल १३ का दिन) मा रोटरी क्लब अफ काठमाडौंको स्थापनासँगै नेपालमा सामाजिक क्षेत्रमा रोटरी क्रियाशील हुंदै आएको हो । रोटरी क्लबहरुले शिक्षा, स्वास्थ्य, सरसफाई, मानवीय उद्धार, महिला सशक्तिकरण लगायतका क्षेत्रमा सामाजिक–आर्थिक रूपान्तरणका लागि काम गर्दै आएको रोटरी डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर किरणलाल श्रेष्ठले जानकारी दिए । रोटरीले काठमाडौंको जोरपाटीमा नेपालकै पहिलो नेपाल अर्थोपेडिक अस्पतालको स्थापना तथा त्यसका लागि आवश्यक सम्पूर्ण उपकरणहरू, वीर अस्पतालको आइसियू भवनको निर्माण तथा नेपालमै पहिलो पटक भेन्टिलेटर सेवाको सुरूवात एवं सञ्चालन, भक्तपुर क्यान्सर अस्पतालका सम्पूर्ण उपकरणहरू, गंगालाल हृदय रोग केन्द्रमा रहेको आइसियू तथा कार्डियाक एक्सरे इमेज ल्याब, विराटनगरस्थित कोशी अंचल अस्पतालमा आइसियू तथा इन्सिनेरेटर, बनेपाको शीर मेमोरियल अस्पतालमा इन्सिनेरेटर, बुटवलस्थित गौतम बुद्ध सामुदायीक हृदय रोग अस्पतालको अत्याधुनिक भवन निर्माण तथा संपूर्ण उपकरणहरूलगायत ललितपुर पाटनमा ब्लड बैंक र हृदय रोग विशिष्टिकृत केन्द्र एवं काठमाडौंको नेशनल डेन्टल अस्पताललाई उपकरण प्रदान पनि रोटरीले गरेको पूर्व डिस्ट्रिक्ट गभर्नर एवं नेपाल सरकारका पूर्व मुख्य सचिव तिर्थमान शाक्यले जानकारी दिए । रोटरीको अनदान सहयोगमा वीर अस्पतालमा पहिलो फाइब्रो स्क्यान मेसिन जडान गरी कम खर्चमा कलेजोसम्बन्धी रोग निदान गर्न सहयोग पु¥याएको छ भने मणीहर्ष डायग्नोस्टिक सेन्टरमा ५१२ स्लाइसको अत्याधुनिक सिटी स्क्यान मेसिन जडन, स्वास्थ्य क्षेत्रमा बहुआयामिक सेवा पु¥याउने संकल्पअनुरूप बिगत दुई दशकदेखि हेटौंडा सामुदायिक अस्पतालमा आँखा जचाउने विरामीहरूलाई इन्ट्रा ओकुलर लेन्स निःशुल्क वितरण, पोखरास्थित भरतपोखरीमा १ लाख २० हजार लिटरको खानेपानी ट्यांकीको निर्माण गरी सो गाउँलाई पिउने पानीमा आत्मनिर्भर बनाउनुका साथ देवघाटमा करुणालय वृद्धाश्रमको सञ्चालन, भुकम्प पीडितका लागि सिन्धुपाल्चोकको माझी गाउ‘मा ४६ वटा घर, ललितपुरको चापागाउँ बरम्चुलीमा ४९ वटा घर तथा काभ्रेमा ६९ वटा घर निर्माणसंगै २५ वटा विद्यालयसंग भुकम्पप्रतिरोधी विद्यालय निर्माणको सम्झौता भई सुचारू रुपमा निर्माण कार्य भइरहेको छ । रोटरीले सन् २०३० सम्ममा अर्थात आजको ११ वर्षभित्रै “नेपालमा कोही पनि निरक्षर नरहुन्” भन्ने उद्धेश्यका साथ रोटरी नेपाल साक्षरता अभियान देशव्यापी रुपमा संचालन गरिरहेको छ । सन् २०१० देखि रोटरीले १० लाख रुपैयॉ पुरस्कार राशीको गोपाल कमला रोटरी भोकेशनल एक्सलेन्स अवार्ड संस्थापना गरी प्रत्येक २ वर्षमा समाजमा स्थापित उदाहरणीय व्यक्तिलाई विशिष्ट समारोहमा राष्ट्रपतिबाट उक्त सम्मान प्रदान गर्दै आएको छ । यसैगरी प्रत्येक वर्ष पत्रकारीता क्षेत्रका क्रियाशील सञ्चारकर्मीहरूलाई प्रदान गरिने जोर्नो अवार्डबाट शिक्षा, स्वास्थ्य, वातावरण, सामुदायिक विकास, नारी विकास, सञ्चार क्षेत्रमा योगदानका साथै टेलिभिजन विद्या जस्ता सातवटा क्षेत्रका हालसम्म ४२ जना सञ्चारकर्मीहरूले यो पुरस्कार ग्रहण गरिसक्नुभएको छ । चितवनको नारायणगढ निवासी उदयकुमार पियाको सहयोगमा करिब ५ करोड रुपैयॉको लागतमा उदयकुमार चमेली पिया स्पाइनल इञ्जुरी अस्पताल एण्ड रिहावीलेटेसन सेन्टर र अर्को छुट्टै ब्यावसायिक शिल्प तालिम केन्द्र पनि स्थापना गर्ने रोटरीको आगामी कार्ययोजना रहेको डिस्ट्रिक्ट गभर्नर श्रेष्ठले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार