मंगलबार, असोज २७ गते २०८३

एमालेले जित्यो भने ओलीले फेरि संसद, प्रदेश र स्थानीय तह भंग गर्न सक्छन्: देउवा

एमालेले जित्यो भने ओलीले फेरि संसद, प्रदेश र स्थानीय तह भंग गर्न सक्छन्: देउवा

अखबार दैनिक
सोमबार, वैशाख २६ २०७९
  • एमालेले जित्यो भने ओलीले फेरि संसद, प्रदेश र स्थानीय तह भंग गर्न सक्छन्: देउवा

    नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेले चुनाव जित्यो भने केपी शर्मा ओलीले फेरि पनि संसदमाथि आक्रमण गर्ने दाबी गरेका छन्।

    ओली प्रधानमन्त्री हुँदा दुई पटक प्रतिनिधि सभा विघटन गरेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले एमालेले जित्यो भने संसद, प्रदेश र स्थानीय तह नै भंग गर्न सक्ने बताए।

    आज सत्तागठबन्धनले धनगढीमा गरेको चुनावी सभामा बोल्दै देउवाले भने, ‘ओलीले दुई पटक संसद भंग गरे। हामीले अदालतबाट फिर्ता ल्यायौं। तर पनि एमालेले चल्न दिएको छैन। एमालेलाई जिताएर के गर्ने ? संसद भंग गर्न दिने ?’

    280264361_10160956557363836_3527737535233953829_n.jpg
    सत्तागठबन्धनले धनगढीमा गरेको चुनावी सभा

    उनले आफूहरूले संसदलाई पुरै कार्यकाल चलाउने बताएका थिए। एमालेलाई जितायो भने संसद भंग गर्ने देउवाको भनाइ थियो।

    ‘ओलीजीको पार्टीलाई जिताउने भनेको संसद भंग गर्न दिनु हो। त्यस्तो व्यक्तिलाई संसदमा ल्याउन हुन्न। एमालेमा ओलीले सबैलाई थर्काएर राखेका छन्,’ उनले भने, ‘एमालेले जितेको खण्डमा संसद, प्रदेश, स्थानीय तह भंग गर्न सक्छन्। त्यसैले कांग्रेस र तालमेल भएका ठाउँमा गठबन्धनलाई जिताउनुहोस्।’

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ