बिहीबार , साउन २१ गते २०८३

ओखर र फलफूल खेतीका लागि एडीबीले एक अर्ब ३० करोड अनुदान दिने

ओखर र फलफूल खेतीका लागि एडीबीले एक अर्ब ३० करोड अनुदान दिने

अखबार दैनिक
सोमबार, कात्तिक २१ २०७९
  • ओखर र फलफूल खेतीका लागि एडीबीले एक अर्ब ३० करोड अनुदान दिने

    कार्तिक २१ काठमाडौं । नेपाल र एसियाली विकास बैंकबीच नेपालको पहाडी क्षेत्रमा ओखर र फलफूल प्रजाति खेतीका लागि वित्तीय लगानी गर्ने सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको छ।

    सोमबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थ सचिव कृष्णहरि पुष्कर र नेपालका लागि एसियाली विकास बैंकका देशीय निर्देशक अर्नौड काउक्विइसबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। 

    सम्झौताअनुसार बैंकले साधारण पुँजी संशोधनबाट करिब सात अर्ब ७९ करोड सहुलियत ऋण र एसियाली कोषबाट करिब  एक अर्ब ३० करोड अनुदान हुने छ। 

    परियोजनाका लागि बैंकले विश्वव्यापी कृषि तथा खाद्य सुरक्षा कार्यक्रमबाट एक अर्ब १७ करोड रुपैयाँ खर्च र नेपाल सरकारले करिब एक अर्ब ८८ करोड लगानी गर्नेछ। 

    सम्झौता कार्यक्रममा अर्थसचिव पुस्करले कृषि क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको भन्दै बर्षेनी बजेट बढाउँदै लगेको जानकारी दिए। सहयोगले नेपालको कृषि क्षेत्रको विकासका लागि थप मद्दत पुग्ने उनको भनाइ छ। 

    उक्त परियोजनाबाट प्रदेश नं १, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका करिब ३० हजार घरपरिवार लाभान्वित हुनेछन्।

    जलवायु सहन सक्ने ओखर र फलफूल प्रजातिका बोटबिरुवा १० हजार हेक्टरमा लगाइने सम्झौतापत्रमा उल्लेख छ। 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार