बिहीबार , साउन २१ गते २०८३

बुढीगण्डकी करिडोरको माछाखोलामा १३२ केभिए प्रसारण लाइन बन्ने

बुढीगण्डकी करिडोरको माछाखोलामा १३२ केभिए प्रसारण लाइन बन्ने

अखबार दैनिक
शुक्रबार, चैत २४ २०७९
  • बुढीगण्डकी करिडोरको माछाखोलामा १३२ केभिए प्रसारण लाइन बन्ने

    चत्रै २४ गोरखा । गोरखाको उत्तरि भेगमा आयोजनाको लाईसेन्स लिएर बसेका अधिकांस ब्यबसायिहरूले त्यस क्षेत्रको समस्या र छिटो हाईड्रो निर्माण हुन नसक्नुको समस्यामा केन्द्रित  भएर आउने समस्या र तत्कालको अबस्था बारे छलफल गरि बुढि गण्डकि करिडोर आयोजना संचालकहरूको समुह समेत निर्माण गरेका छन ।

    उर्जा जलस्रोत तथा सिंचाई मंन्त्रि शक्त्ति बहादुर बस्नेतलाई भेट गरि  आयोजनाका संचालकहरूले बुढि गण्डकि करिडोरमा ट्रान्समिसनलाईनको समस्या हल गर्ने गरि काम भए  त्यस क्षेत्रमा तत्काल साना ठुला गरि १०० मेघावार्ड भन्दा बढि हाईड्रोपावरले काम थाल्न सक्ने अबस्था रहेको जानाकारि दिएका छन् । 

    339891823_265917255777090_7878817240422807000_n.jpg


    उक्त क्षेत्रमा ४.५५ मेघावार्डको हाईड्रो सम्पन्न गरि सकेका युवा व्यबसायि कृष्ण घिमिरे र सरोज धिताल सहित अन्य ब्यबसायिहरूले ट्रान्समिसन लाईन नै लाईफ लाईन रहेको त्यस भुगोलमा मुख्यगरि ट्रान्समिसन लाईन बन्नु भनेको हाईड्रो पावरको क्षेत्रमा क्रान्ति नै शुरू हुनु हो ट्रान्समिसन लाईन के दुरी लामो हुदा चुहावट र ट्रिप हुने समस्या नै मुख्य समस्या बन्दा ब्यबसायिहरु मारमा पर्ने गरेको कुरा बिकास हाईईड्रो पावरको प्रबन्ध निर्गेशक कृष्ण घिमिरेले बताए ।

    उक्त भेटमा मन्त्रि बस्नेतले गोरखाको उत्तरी भुगोल र बुढी गण्डकी आसपास आफु पनि जानाकार रहेको र त्यस क्षेत्रको बिकासमा हाईड्रोपावरको निर्माणमा महत्वपुर्ण भुमिका हुने हुँदा उक्त्त क्षेत्रको माछा खोलालाई नै प्रसारण लाईनको हब निर्माण गर्ने गरि अघि बढ्ने कुरामा ब्यवसायिलाई आश्वासन दिए । १३२ मात्र हैन राष्ट्रिय प्रशारण लाईन आवश्यकताको आधारमा काम हुने र गोरखाको त्यस क्षेत्रमा आफ्नो ध्यान केन्द्रि रहेको मन्त्रि बस्नेतले बताए । ।

     

     

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार