बिहीबार , कात्तिक २२ गते २०८२

२४ घण्टामा संक्रमितको सङ्ख्या एक हजार नाघ्योः काठमाडौं उपत्यकाभित्र मात्र ४३५ जना सङ्क्रमित

काठमाडौंः पछिल्लो २४ घण्टामा थप  १ हजार १५ जनामा कोभिड १९ सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित ब्रिफिङका क्रममा थप भएका संक्रमितको बारेमा जानकारी दिएका हुन्।