बुधबार, जेठ २ गते २०८२

पार्टीसम्बद्ध शिक्षक संगठन खारेज गर्नुपर्छ : गोपाल दहित

पार्टीसम्बद्ध शिक्षक संगठन खारेज गर्नुपर्छ : गोपाल दहित

अखबार दैनिक
शुक्रबार, असोज ५ २०८०
  • पार्टीसम्बद्ध शिक्षक संगठन खारेज गर्नुपर्छ : गोपाल दहित

    काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा पार्टीसम्बद्ध शिक्षक संघ खारेजीको माग उठेको छ । कांग्रेस केन्द्रीय सदस्य  गोपाल दहितले  पार्टीसम्बद्ध शिक्षक संघ खारेजी गर्नुपर्ने बताए ।

    images

    ‘नेपालमा अहिले शिक्षकहरूले आन्दोलन गरिराख्नुभएको छ । उहाँहरूलाई सम्मानपूर्वक इज्जतपूर्वक व्यावसायिक बनाउनुपर्छ । पार्टीका भातृ संघ संस्थाको रूपमा निर्माण गर्ने माग हामीले गर्न हुँदैन’ दहितले भने । नेपाली कांग्रेसले एउटा राष्ट्रिय सहमति बनाएर युनियनहरू खारेजी गर्नुपर्ने उनको भनाइ छ ।

    उनले अगाडि भने, ‘उनीहरूलाई प्रोफेसनल, व्यावसायिक बनाउने इज्जतपूर्ण व्यवसाय गर्न दिने हो । प्रशस्त तलब, सुविधा दिनुपर्छ तर राजनीतिक झोले बनाउन हुँदैन ।’

    विश्वभरका विकसित मुलुकमा कुनै प्रकारका युनियन नरहेको नेता दहितको भनाइ छ ।  ‘नेपालमा हेर्ने हो भने हरेक क्षेत्रमा विकासको वाधकको रूपमा युनियनहरू पाइरहेका छौँ,’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ