बिहीबार , साउन २१ गते २०८३

थपिए १७ जना कोरोना संक्रमित एकै ठाउंमा १५ जना भेटिए

थपिए १७ जना कोरोना संक्रमित एकै ठाउंमा १५ जना भेटिए

खतरा बठ्यो जनजिवन कष्टकर हुंदै

images
अखबार दैनिक
बिहीबार , जेठ ८ २०७७
  • थपिए १७ जना कोरोना संक्रमित एकै ठाउंमा १५ जना भेटिए

    ८, जेठ , काठमाण्डौं । नेपालमा कोरोना संक्रमित थप १७ जना सहित ४ सय ४४ पुगेको छ।

    झापा, सुनसरी र धनकुटाका १७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि यो संख्या ४ सय ४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    संक्रमित १७ मध्ये १५ जना झापा कचनाकवल गाउँपालिकाका भएको मन्त्रालयले जनाएको छ।

    स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितहरू कचनाकवल गाउँपालिकाको वडा नम्बर ३, ६ र ८ मा फेला परेका हुन्। संक्रमित सबै पुरुष हुन भने उनीहरु १८ वर्षदेखि ४६ वर्ष उमेर समूह हुन् ।

    यस्तै अन्य दुई संक्रमितमा एक महिला र पुरुष रहेका छन्।

    संक्रमित पुरूषमा धनकुटा निवासी हुन्। उनको उमेर ३४ वर्ष रहेको छ भने संक्रमित महिला सुनसरीको धरान उपमहानगरपालिकाकी हुन्।

    उनको उमेर ५१ वर्ष रहेको मन्त्रालयले जनाएको छ।

    बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणले उनीहरूमा कोरोना भएको पुष्टि गरेको हो।

    FA70BA34-BB55-4BBD-A259-7549FB959525.jpeg

    मन्त्रालयले उनीहरु सबैको स्वास्थ्य हाल सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार